जेठ ०५, २०८१, शनिबार
               

तिलाठी कोइलाडी गाउँपालिकाको एकै वडाका २५ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ४ वर्षीय बालकदेखि ७१ वर्षका वृद्वमा एकैदिन संक्रमण पुष्टि भएको हो ।

संक्रमण ४ वर्षे दुईजना बालक, १५ वर्षीया एक किशोरी, ५५ वर्षीया एक महिला, ३५ वर्षीय तीन जना पुरुष तथा २६ , २२ र ४२ वर्षीय दुई/दुई जना पुरुष र ४७, ४०, २०, ४५, ३८, ३६, ३१, २४, ३८, ७१, ६० र एक जना उमेर नखुलेका पुरुष रहेको बताइएको छ । 

सप्तरीमा कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि