जेठ ०५, २०८१, शनिबार
               

जनकपुरधाममा सोमबारबाट लागू हुने गरी निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । जनकपुरधाममा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको हो । 

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै  सो क्षेत्रमा निषेधाज्ञा जरी गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिको हो ।

निषेधाज्ञाको समयमा अतिआवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको  छ । 

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको  उनले जानकारी दिए । 

केही दिनले सरकारले औपचारिक रुपमा लकडाउन हटेको घोषणा गरे पनि पछिल्लो समय संक्रमण बढ्दै गएपछि वीरगन्ज महानगरपालिकामा पनि निषेधाज्ञा जारी गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि