जेठ ०५, २०८१, शनिबार
               

उपत्यकामा जुवातास खेल्ने २१ जना पक्राउ

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा जुवातास खेल्ने २१ जनालाई तीन लाख ५७ हजार तीन सयसहित प्रहरीले पक्राउ गरेको छ ।

शनिबार तीन बजे महानगरीय प्रहरी वृत्त, महाराजगन्जबाट खटिएको टोलीले चक्रपथ नारायणगोपाल चोकस्थित एक घरबाट तीन लाख आठ हजार पाँच सय रुपैयाँसहित १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कालिमाटीले बाफलस्थित एक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटीका दिनेश भट्टचनसहित तीन जनालाई नगद १३ हजार ५० रुपैयाँसहित नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-३२ गार्डेन चोकस्थित टहराबाट नवलपरासी कावासोतीका राम गुराँउसहित ६ जनालाई ३५ हजार ८ सय ३० रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

यी तीनवटै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि