जेठ ०५, २०८१, शनिबार
               

जोरबिजोर प्रणाली पुन: लागू गर्ने तयारीमा गृह

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएपछि भीडभाड कम गराउन स्वास्थ्य मनत्रलयले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकासहित देशैभर कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि दिनानुदिन बढेपछि स्वास्थ्य मन्त्रालयले सतर्कताको लागि ध्यानाकर्षण गराएको हो ।

पछिल्लो समय दिनानुदिन उपत्यकाको चोक–चोकमा प्रदर्शन भइरहेको छ । लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरू घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको छ । यससँगै कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि गृह मन्त्रालय जोरबिजोर प्रणाली समेत लागू गर्ने तयारीमा रहेको एक उच्च अधिकारीले बताए ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार जोरबिजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्र समेत पठाएको छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न भन्दै भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गर्ने सङ्केत छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘यस विषयमा आवश्यक छलफल भइरहेको छ, निर्णय भने लिइसकिएको छैन ।’ 

रोकथामको अग्रमार्चामा होमिएकाहरू नै जोखिममा

कोरोना नियन्त्रणको अग्र मोर्चामा खटिएका सुरक्षाकर्मीलाई पछिल्लो समय कोरोना सङ्क्रमणको उच्च जोखिम छ। प्रहरी वृत्त, विटदेखि प्रहरी हेडक्वार्टरसम्ममा कार्यरत प्रहरी कर्मचारीहरूमा कोरोना भाइरस सङ्क्रमण धमाधम देखिन थालेको छ । पछिल्ला नौ दिनमा मात्रै प्रहरी हेडक्वार्टरमा कार्यरत प्रहरी कर्मचारीहरुमध्ये ७२ जनालाई कोरोना भाइरस पुष्टि भैसकेको छ ।

प्रहरीका प्रवक्ता कुवेर कठायतका अनुसार उपत्यकासहित देशभर आइतबार बिहानसम्म २५३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपत्यकाको विभिन्न ठाउँमा हुने जुलुसबाट प्रहरी हेडक्वार्टरमा कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान छ ।

यता दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गी खाना) सिल गरिएको छ । त्यहाँको सम्पूर्ण सेवा बन्द गरिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टाइन राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि