जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंबाट फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि...

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिका कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । साथै गाउँपालिकाका कर्मचारी र अन्य सम्पर्कमा आएका २६ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।

संक्रमित कर्मचारी हालै काठमाडौंबाट तनहुँ फर्किएको बताइएको छ । उनी साउन २ गतेदेखि ८ गतेसम्म काठमाडौं बसेर फर्किएका थिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले भने, ‘उहाँ बिदा लिएर पारिवारिक कामले काठमाडौं जानुभएको थियो । त्यही क्रममा काठमाडौंको एक अस्पतालमा जानुभएको रहेछ ।’ उनले भने, ‘ट्रेसिङको काम भइरहेको छ । भोलि (सोमबार) सम्म सबै डिटेल आउँछ होला ।’


कस्तो लाग्यो ?

यो पनि