बैशाख २०, २०८१, बिहीबार
               

अवैध कपडा बरामद

रासस
साउन १८, २०७७

ADVERTISEMENT

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताए ।

कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्राउन लागिपरेका छन् ।

नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्लाबाहिर पनि लैजाने गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि