जेठ ०५, २०८१, शनिबार
               

सभामुखको सचिवालय र सुरक्षामा खटिएका सबैको आयो रिपोर्ट

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सापकोटाको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनमा कोरोना पोजेटिभ देखिएसँगै स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीसआर विधिबाट परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालबाट गत राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ आएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि