जेठ ०५, २०८१, शनिबार
               

गण्डकीमा संक्रमितको संख्या १५०० नाघ्यो

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) चार महिलासहित २० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५०० नाघेको छ । 

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित स्याङजाको वालिङका ५ जना पुरुष  र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना रहेका  छन् । 

यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका एकजना पुरुष रहेका छन् ।

लमजुङका संक्रमित २ जना सुन्दर बजार र एकजना दोर्दीका हुन् । तनहुँको म्याग्दे र आबुखैरेनीका एकरएकजना पुरुष रहेका छन् भने बागलुङको बागलुङ नगरपालिकाकै एक पुरुष रहेका छन् ।

गण्डकीमा हालसम्म १२४५ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि