जेठ ०९, २०८१, बुधबार
               

सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सभामुख सापकोटाको सुरक्षामा खटिने अगुवा गाडीमा रहने सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हाे । 

ती कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन गरिएको जानकारी दिएको हो ।

ती कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि