असोज ०७, २०८१, सोमबार
               

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई पक्राउ गरेको हो ।

एक लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित उपाध्यायलाई पक्राउ परेका हुन् ।

स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उपाध्यायलाई काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो पनि