बैशाख १७, २०८१, सोमबार
               

कारागारमा कैदीबन्दीको आन्दोलन

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

सल्यान । जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन सुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।  

आज बिहान  ४ बजेदेखि सल्यान कारागारमा रहेका पाँच  कैदीलाई तुलसीपुर कारागारमा सरुवा गर्न लागिएको जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका हुन् । कैदीबन्दीले खरीद गर्न लगाएका सामग्री महंँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेकोलगायत विषयलाई लिएर कारागारभित्र नाराबाजी गरिएको जेलर बलबहादुर केसीले जानकारी दिए ।

“शान्ति सुरक्षाको कारण देखाउँदै जघन्य अपराधको सजाय भोगिरहेकामध्ये पाँच जनालाई  दाङको तुलसीपुर सरुवाको प्रक्रिया अगाडि बढिरहेकाले जान नचाहने समूहले  आन्दोलन सुरु गरेको हो,” जेलर केसीले भने । सल्यान कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि सरुवा प्रक्रिया अगाडि बढाइएको जेलर केसीको भनाइ छ ।

छानबिन समितिले घटनाबारे प्रतिवेदन तयार पारेर १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि त्यसका आधारमा प्रक्रिया अगाडि बढाइने प्रमुख शिवराम पोखरेलले जानकारी दिए । हाल जिल्ला कारागार सल्यानमा ११३  कैदीबन्दी छन् । तीमध्ये ९३ पुरुष, १७ महिला र तीन नाबालक छन् ।


कस्तो लाग्यो ?

यो पनि