बैशाख २१, २०८१, शुक्रबार
               

'सलह एक्लै धपाउन सकिँदैन, अभियानै थाल्नुपर्छ’

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

सलह किराले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

जिल्लाको लमही नगरपालिका, राप्ती गाउँपालिका राजपुर गाउँपालिका, गढवा गाउँपालिका, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बंगाचुली गाउँपालिका क्षेत्रमा सलह किराले मकै वालीलाई क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।

अझै दाङ क्षेत्रमा सलह किराको हुल रहेको र किरा धपाउन समुदाय स्तरबाट ठूलो प्रयासको आवश्यकता पर्ने उनले बताए ।

‘अझै सलह किरा दाङमा छ । यो किराले पुर्‍याएको क्षतिको विवरण पालिका तहबाट संकलन सुरु गरेका छौँ’ उनले भने–‘यहाँबाट यो किरा धपाउनुनै पर्ने छ । नत्र भने यसको असर झन धेरै हुन सक्छ । किरा धपाउन एक्लै, दुक्लै सक्ने कुरा भएन। समुदाय स्तरबाटै किरा धपाउन अभियानै चलाउनुपर्छ ।’

लमही नगरपालिका वडा नं. ८ गणेशपुर, राप्ती गाउँपालिका वडा नं. २ मसुरिया, राजपुर गाउँपालिका वडा नं. २ चप्फा, लमही नगरपालिका वडा नं. ६ मध्यनगर लगायतको क्षेत्रमा लगाइएको मकैवालीमा सलह किराले असर गरेको छ ।

किरा नष्ट गर्ने उत्तम समय भनेको किरा बास बसेको समयमा हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोन लमहीका प्रमुख महेश रेग्मीले जानकारी दिए ।

‘बास बसेको समयमा किरालाई नष्ट गर्न सकिन्छ । नष्ट गर्दा पानीको फोहोरोको प्रयोग गर्न सकिन्छ । पखेटा झर्‍यो भने उड्न सक्दैनन् । अनी भुँइमा खस्छन्’ रेग्मीले भने–‘अनी अर्काे उपाय भनेको साइरन बजाउने हो । प्रहरीको, एम्बुलेन्सको साइरन बज्यो भने पनी किरा भाग्छन् ।’

समुदाय स्तरबाट किरा धपाउन रित्ता जर्किन, थाल र टिन ठटाउने गरिएको छ । तर, सामुहिक रुपमा यो अभियान चलाउन नसक्दा अझै किरा धपाउन सकिएको छैन ।

‘किरा बस्यो भने उडाउन गाह्रो रहेछ । जब किरा मकैको बाेटमा बस्छ । बाेटको पात, डाँठ नसक्दा सम्म उड्ने रहेनछ’मसुरिया निवासी बासुदेव न्यौपानेले भने–‘बाेट हल्लाउँदा पनी किरा भागेनन् । मकै भरी खाएर सके ।’


कस्तो लाग्यो ?

यो पनि