काठमाडौं । सरकारले पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै कोरोना परीक्षण गरेको छ । एकैदिनमा गरिएको यो परीक्षण अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
सरकारले पछिल्लो २४ घन्टामा देशभर १० हजार ७८६ को कोरोना परीक्षण गरेको छ । जुन एक दिनमा गरिएको सबैभन्दा बढी परीक्षण हो । यतिधेरैमा परीक्षण गर्दा २२४ जनामा कोरोना संक्रमित पहिचान छन् ।
स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित भेटिएका छन् भने काठमाडौंमा ३२ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी, बझाङमा २५, कञ्चनपुरमा १८, दार्चुलामा १६, कैलाली र मोरङमा १५/१५ जना, झापामा १३ र बैतडीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसका अलवा बारामा ४ जना, रौतहट, कास्की, दाङ र डोटीमा ३/३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखमा २/२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेमा १/ १मा संक्रमित पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा थप चारको मृत्यु भएको छ । मृत्यु हुने सबै वीरगञ्जका रहेको बताइएको छ ।
उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।