बैशाख १५, २०८१, शनिबार
               

डिल्लीबजार रोटरी क्लबद्वारा राहत वितरण

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

रोटरी क्लब अफ डिल्लीबजार काठमाड‌ौंले कोरोना महामारीको यस समयमा हातमुख जोर्न समस्या भएका एक सय ३१ विपन्न परिवारलाई राहत वितरण गरेको छ । 

शुक्रबार मैतीदेवीस्थित सूर्योदय बोर्डिङ स्कुलमा सामाजिक दूरी कायम खाद्य सामग्री वितरण गरिएको हाे । 

प्रतिपरिवार १० किलो चामल, एक किलो क्वाँटी, एक किलो चिनी, एक किलो चिउरा, एक किलो दाल, एक लिटर तेल, एक किलो आटा, एक प्याकेट नुन, एक प्याकेट चियापत्ति वितरण गरिएको थियो । 

काठमाडौं वडा नम्बर  २९ का वडा अध्यक्ष श्री कुश ढकाललगायत रोटरियन सदस्यहरूबाट राहत वितरण कार्यक्रम सम्पन्न भएको रोटरी क्लब अफ डिल्लीबजारका सदस्य प्रेम ओलीले बताए ।

उनले भने, ‘यस कोरोना महामारीमा थपिएको बेरोजगारी समस्याले मानिसमा ‘के खाऊँ’ भन्ने चिन्ता थपिएको छ । त्यसैले हामीले यस मैतिदेवी क्षेत्रका गरिब तथा बेरोजगारी व्यक्तिहरुलाई राहत वितरण गरेका हौँ । 


कस्तो लाग्यो ?

यो पनि