कात्तिक २८, २०८१, बुधबार
               

विराटनगर महानगरपालिकामा दुई साताका लागि निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि पुन: लकडाउन घोषणा गरिएको छ । 

समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिने दर बढेसँगै सो महानगरपालिकामा पुन: दुई साताका लागि लकडाउनको घोषणा गरिएको हो । 

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुपर्ने  निष्कर्ष निकालेपछि विराटनगरमा लकडाउन गरिएको हो ।

हालसम्म विराटनगर महानगरपालिकामा एक सयजना भन्दा बढी संक्रमितको पहिचान भएको छ । 

यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

यो पनि