जेठ ०९, २०८१, बुधबार
               

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
साउन १६, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।

संक्रमित महिलामा निमोनिया र उच्च रक्तचापसम्बन्धी समस्या रहेको समेत डा. शर्माले बताए ।

उनलाई साउन ६ गते पाटन अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि