असोज ०६, २०८१, आइतबार
               

काँकरभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

झापा । पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

गत साउन ११ गते कन्ट्याक्ट ट्रेसिङ गर्दा ३२ जनाको नमूना संकलन गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले जानकारी दिइन् ।

यस अघि सोही स्थानका २० जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो । अहिले उनीहरू उपचाररत् छन् ।

साउन ११ गते नै काँकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको समुदायका ८५ जना मानिसको स्वाब नमूनाको रिपोर्ट नेगेटिभ आएको राईले बताइन् ।

औषधि तथा फलफूल व्यवसायी, होटलका कामदार, भन्सारका कर्मचारी, पत्रकारलगायतबाट स्वाब नमुना संकलन गरिएको थियो ।

राईले भनिन्, ‘यो राम्रो संकेत हो । तर नेपाल प्रहरी तथा सेनामा सङ्क्रमण छैन, सशस्त्र प्रहरीमा मात्र कसरी सङ्क्रमण फैलियो ? खोजीको विषय भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि