असोज ०६, २०८१, आइतबार
               

वीरगञ्जका तीन डाक्टरसहित ४४ जनामा संक्रमण

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

वीरगञ्ज । तीनजना चिकित्सकसहित पर्सामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार राति वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा तीनजना चिकित्सकसहित पर्सामा ४४ जना कोरोना संक्रमित थपिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमितमध्ये नारायणी अस्पतालमै कार्यरत दुईजना डाक्टर रहेका छन् ।

वीरगञ्जकै अर्को एक अस्पतालमा कार्यरत डाक्टरलाई पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका संक्रमितमध्ये ११ जना महिला छन् । संक्रमतिको उमेर १८ वर्षदेखि ७५ वर्ष छ ।

नारायणी अस्पताल र एडभान्स अस्पतालमा कार्यरत ६ जना स्टाफ नर्समा समेत संक्रमण देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि