असोज ०६, २०८१, आइतबार
               

सुरक्षाकर्मीमा बढ्दो कोरोना संक्रमण, देशभर ३ सय ८० भन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) बाट कम्तीमा ३ सय ८० जना भन्दा बढी सुरक्षाकर्मी संक्रमित भएको सुरक्षा निकायका उच्च अधिकारीहरूले बताएका छन् ।

सुरक्षा निकायमध्ये कोरोनाभाइरस महामारीबाट नेपाल प्रहरी सर्वाधिक प्रभावित भएको देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म २ सय ५० भन्दा बढी प्रहरी कर्मचारी कोभिड १९ बाट पीडित भएका छन् ।

त्यसैगरी नेपाली सेनामा ८५ र सशस्त्र प्रहरीमा झण्डै ८० भन्दा बढीलाई जनालाई कोराेना संक्रमण पुष्टि भएको छ । सीमा सुरक्षा, विदेशबाट आउने नेपालीहरूलाई राख्ने होल्डिङ सेन्टर तथा शव व्यवस्थापनको काममा खटिने सुरक्षाकर्मीमा कोरोनाभाइरसको संक्रमण बढेको प्रहरी तथा सेनाका उच्च अधिकारीहरूले बताएका छन् । 

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत ७२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो साय थप १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएसँगै संक्रमित हुनेहरु ९० जना पुगेका छन् । यसअघि हेर्डक्वाटरमा मात्र ५४ जनामा संक्रमण पुष्टि भएको थियो । नेपाल प्रहरीको अस्पताल महाराजगन्जमा भएको परीक्षणमा थप १८ जनाको कोरोना रिपाेर्ट पोजेटिभ आएको प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए । ‘आज थप १८ जनामा कोरोना देखिएको जानकारी आएको छ, परिक्षणको दायरा तिब्र बनाईएको छ’ एसएसपी कठायतले भने ।

बिहीवार दुई चरणमा आएको रिपोर्टमा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित सबैलाई अस्पताल भर्ना गरेर उपचार थालिएको छ । उनीहरुसँगै सम्पर्कमा आएका प्रहरीको कन्ट्याक ट्रेसिङ र स्वाब परीक्षण भइरहेको छ ।

यी बाहेक शुक्रबारमात्र महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । शंका लागेर परीक्षण गर्दा दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो । यससँगै देशभर कोरोनाबाट संक्रमित प्रहरीको सङख्या २ सय ५० पुगेको छ ।

सशस्त्र प्रहरीमा दुई किसिमले संक्रमण

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार सीमा सुरक्षा तथा क्वारेन्टाइन सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा संक्रमण देखिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालित छन् ।

प्रवक्ता अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा सम्भावित संक्रमित भारतीय नागरिकसँग सम्पर्क हुने भएकाले संक्रमण सरेको हुनसक्ने बताए । उनले भने, ‘सीमामा भारतीय नागरिक नेपाल आउन खोज्छन् । त्यहाँ उनीहरूलाई रोक्नुपर्‍यो । नजिक परेपछि संक्रमण भएको भन्ने हाम्रो बुझाइ हो ।’


कस्तो लाग्यो ?

यो पनि