जेठ ०८, २०८१, मंगलबार
               

प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि