जेठ ०९, २०८१, बुधबार
               

जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

जनकपुरधाम । जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । 

केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । 

न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय उच्च अदालत जनकपुरले गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि