जेठ ०९, २०८१, बुधबार
               

ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको दर्जा भने ट्राफिक प्रहरीले खुलाएको छैन ।

स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले बिहीबार ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको छ । 

उनीहरुको दुई दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्न लागिएको छ ।

दुई प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कार्यालय शिल गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि