असोज ०६, २०८१, आइतबार
               

सवारी पास दुरुपयोग गर्ने पक्राउ

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अछामको चौरपाटी गाउँपालिका–५ बस्ने गोकुल खड्कासहित ना४ख ९९७२ नंको बस  नियन्त्रणमा लिएको जनाएको छ । 

सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना७ख २७२३ नंको बससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु राखेको पाइएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

बससहित चालकलाई संक्रमण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 

यो पनि