असोज ०६, २०८१, आइतबार
               

स्वयम्भूमा बस पल्टियो, एकको मृत्यु

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बा ४ ख ५९८४ नम्बरको संयुक्त यातायातको बस ठूलोभर्‍याङ र हलचोक बीचको सडकमा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी २३–२४ वर्षका मृतकको सनाखत हुन नसकेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी निरजन दत्त भट्टले जानकारी दिए ।

उनका अनुसार राति करिब १ बजेको दुर्घटना भएको हो । पार्किङको लागि नयाँ बसपार्कतिर लैजाँदै गर्दा बस दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

मृतक बसका चालक हुन् कि सहचालक हुन् भन्ने विषयमा अनुसन्धान भइराखेको डिएसपी भट्टले बताए । 

गाडीमा चालक एक्लै भएकाले दुर्घटनामा अन्य कोही घाइते भएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि