कात्तिक ३०, २०८१, शुक्रबार
               

बाँकेमा आइतबारदेखि पुन:निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

बाँके ।  जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हाे । 

'एकैदिन धेरै जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि ३ दिनसम्म बाँके जिल्लाभरि पूर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौं' प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने,‘अत्यावश्यक काम बाहेक आदेश उल्लंघन गर्नेलाई पक्राउ गरिने छ ।’

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने आदेश भएको उनले बताए  ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । पछिल्लो पटकको 'रेन्डम सेम्पलिङ' गर्दा ट्राभल हिस्ट्री नभएकाहरुमा कोरोना देखिएको हो ।

नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने भएकाे हाे । गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा बिहीबार सङ्क्रमण देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि