कात्तिक ३०, २०८१, शुक्रबार
               

प्रदेश १ का कोरोना संक्रमित घरमै बस्न बाध्य

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश १मा निर्माणाधीन आइसोलेसनकक्ष कोरोना संक्रमित घरमै बस्न बाध्य भएका छन् । 

प्रदेश सरकारले विराटनगर र गोठगाउँमा निर्माण गरेको आइसोलेसनकक्ष कोरोना संक्रमितले भरिएपछि उनीहरु घरमै बस्न बाध्य भएका हुन् । 

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा गत बुधबारयता ६७ जनालाई संक्रमण पुष्टि भएको छ ।

प्रदेश सरकारले कोशी अस्पताल कोभिड १९ उपचारकेन्द्र विराटनगरमा ५० र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १२५ बेड क्षमताको आइसोलेसनकक्ष बनाएको थियो । 

आइसोलेसन बेड अभाव भएपछि विराटनगर अस्पतालाई आइसोलेसन बनाउनुपर्ने  कुरा उठेको छ । यो प्रदेशमा आइसोलेसनकक्ष भरिएपछि संक्रमितलाई स्थानान्तरण गर्न समस्या भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि