असोज ०६, २०८१, आइतबार
               

राजश्व कार्यालयका थप ११ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

भेरी अस्पताल नेपालगन्जका अनुसार राजश्व कार्यालयमा काम गर्दै आएका बाँकेका ४, सुर्खेतका २, प्युठान, बर्दिया, अर्घाखाँची, कन्चनपुर र सर्लाहीका १–१ गरी ११ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो ।

सुर्खेतस्थित कर्णाली प्रदेशको प्रयोगशालामा गरीएको परिक्षणमा उनिहरुमा कोरोना संक्रमण देखिएको हो । 

त्यसैगरी नेपालगन्जका थप १६ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको १०, ११, १३ र १९ नं. वडाका ५ जना महिला सहित ११ जना पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरी बर्दियाको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषसहित बर्दियाका ७ र दाङका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो ७२ घण्टामा १ हजार ८८ जनाको स्वाव परिक्षण गरीएकोमा ३६ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि