असोज ०६, २०८१, आइतबार
               

प्रहरी हेडक्वाटरका थप ९ प्रहरीमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । 

सुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा फेरि थप ९ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् । 

प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौं बाहिरबाट फर्किएपछि सुरुमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि