जेठ ०५, २०८१, शनिबार
               

प्रहरी हेडक्वार्टरमा थप ४ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । 

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी महानिरीक्षक सचिवालयका एसएसपी कुबेर कडायतका अनुसार, आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । 

उनीहरुलाई बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको छ ।

लगातार रुपमा तीन दिनसम्म गरिएको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । 

प्रहरी प्रधान कार्यालयमा आइतबार, सोमबार र मंगलबार परीक्षण गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि