जेठ ०६, २०८१, आइतबार
               

आज पनि देशभर भारी वर्षा र बाढीपहिरोको सम्भावना

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम र त्यसको असरबारे विवरण सार्वजनिक गरि आम देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जनाइएको छ ।

साथै, राती पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि