जेठ ०८, २०८१, मंगलबार
               

पहिरोले पुरिएर बेपत्ता भएका दम्पतीको शव फेला पर्‍यो

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पहिरोले पुर्दा दार्चुलामा बेपत्ता एको एक दम्पतीको  शव फेला परेको छ । 

जिल्लाको दुहु गाउँपालिका ३ सलेखेतीमा पहिरो जाँदा सो पहिरोले पुरिएर स्थानीय ५० वर्षका रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सोमबार राति पहिरोले घर पुर्दा उनीहरु बेपत्ता भएका हुन् ।  पहिरो खस्नुअघि घरबाट निस्किएका उनका छोरा सुनीलले भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ । 

दुवैजनाको शव फेला परेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय दार्चुलाले पहिरोले केही पशुचौपाया बेपत्ता भएको जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि