काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा घुस रकमसहित उनीहरु मंगलबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा विमानस्थल कार्यालयका सहयोगी विश्वनाथ यादव र महेन्द्र यादव छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ परेको बताइएको छ ।अख्तियारले उनीहरुलाई चारलाख रुपैयाँ घुससहित पक्राउ गरेको बताएइको छ ।
सेवाग्राहीसँग घुस लेनदेन गर्न यादवद्वय सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दैगर्दा विशेष सूचनाका आधारमा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।