असोज ०६, २०८१, आइतबार
               

बरामद सुनको मूल्य ४२ लाख

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कमलादीबाट प्रहरीले बरामद गरेको १५ किलो पहेलो धातुमध्ये परीक्षण गर्दा आधा किलो मात्रै सक्कली सुन भएको पाइएको छ । 

बजार मूल्य अनुसार सो सुनको मूल्य ४२ लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ ।  

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन कुमार दाहाल नेतृत्वको टोलीले बा६च ५५११ नम्बरको स्कोर्पियो रोकेर चेकजाँच गर्न खोज्दा सुन कारोबारी झोला फालेर भागेको थियो  ।

झोला खानतलासी गरेर परीक्षण गर्दा साढे १४ किलो चाँदीमा सुनको जलप लगाएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) राजकुमार केसीले जानकारी दिए ।

सो चाँदीको बजार मूल्य १५ लाख ५६ हजार ४ सय पर्छ । सुन कारोबारीले चाँदीमा कम्पनीले लगाएको ट्याग मेटाउन सुनको जलप लगाएको हुनसक्ने बताइएको छ ।

गाडी र त्यसमा रहेका मानिसहरुको अहिलेसम्म पहिचान नभएको र खोजी भइरहेको प्रवक्ता केसीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि