असोज ०६, २०८१, आइतबार
               

१५ किलोमा आधा किलोमात्रै सक्कली सुन : प्रहरी

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको जानकारी दिए । 

उनका अनुसार विस्कुट आकारको दर्जनौँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । 

बाहिरबाट हेर्दा सक्कली सुन जस्तो देखिए पनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताए ।

यसअघि प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सञ्चारमाध्यममा सूचना चुहाएको थियो । 


कस्तो लाग्यो ?

यो पनि