असोज ०६, २०८१, आइतबार
               

काठमाडौंमा १५ किलो सुन बरामद

नेपाल फ्ल्यास
साउन १३, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई पिछा गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । 

सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । 

अवैध सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि