जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

हाल (मंगलबार बिहान) देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

आज मंगलबार देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

बुधबार देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि देशभर अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि