काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र सात प्रदेशका आन्तिरक मामिला तथा कानुनमन्त्रीबीच छलफल भएको हो । सोमबार गृहमन्त्री र सातवटै प्रदेशका सम्बन्धित मन्त्रीबीच प्रहरी समायोजनसम्बन्धी विषयमा छलफल भएको हो ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरीलाई केन्द्र मातहत राख्नुपर्ने जिकिर गर्दै आएको छ ।
सिंहदरबारमा भएको भेटमा अधिकांश मन्त्रीले अधिकार प्रत्यायोजनको विषय चाँडै टुंग्याएर समायोजन प्रक्रिया यथाशीघ्र थाल्न आग्रह गरेका छन् ।
उपत्यका प्रहरीलाई संघीय सरकार मातहत राख्ने वा प्रदेश मातहत भन्ने विषयमा विवाद भइरहेको अवस्थामा भएको यो भेटले सो विवाद समाधाका लागि क्रियाशील हुनुपर्ने सहभागीहरुले बताएका छन् ।