असोज ०६, २०८१, आइतबार
               

कोरोना विशेष अस्पतालमा मृत्यु वृद्धमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान मृत्यु भएका उनको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा  कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा लगिएको थियो । 

आरडीटी पोजेटिभ देखिएसँगै उनलाई शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि