जेठ ०२, २०८१, बुधबार
               

बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । 

ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कलंकीमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नम्बर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्याएर २०७५ भदौ ५ गते चेक काटेर दिएकोमा अदालतले बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी कैद र जरिवाना हुने फैसला गरेको थियो ।

महर्जनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि