जेठ ०४, २०८१, शुक्रबार
               

उच्च अदालत राजविराजका ५८ वर्षीय न्यायाधीशमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । एक न्यायाधीशलाई कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुखका अनुसार उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि हो । 

यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।

वकिल संक्रमित भएपछि सरकारी वकिल कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । तर, केहीको रीपोर्ट भने आउन बाँकी छ । 

आइतबार राजविराजस्थित वडा प्रहरी कार्यालयका एक २३ वर्षीय जवान पनि संक्रमित देखिएका छन् ।योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

यो पनि