काठमाडौं । बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित दुई जना बालिका पोखरीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही स्थान आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।