जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्चको विवादास्पद फैसला : बल फेरि 'सर्वोच्चकै कोर्ट'मा !

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरालाले पत्नी हत्याको संगीन अपराधमा पाएको सजाय घटाएर सर्वोच्च अदालत र प्रधानन्यायाधीशको सर्वत्र आलोचना भइरहँदा सो विषय पुनः 'सर्वोच्चकै कोर्ट'मा पुगेको छ ।

महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि निवेदन गर्दा गराएसँगै मुद्दा फेरि 'सर्वोच्चको कोर्ट'मा पुगेको हो ।

सशस्त्रका तत्कालीन डिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि सामाजिक सञ्जाल तथा मिडियाहरूमा त्यसको तीव्र आलोचना भइरहेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेपछि यो फेरि न्यायिक निरूपणमा गएको हो । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानन्यायाधीशसहित २ जना न्यायाधीशले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशहरूबाट सुनुवाइ हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको ३ वा सो भन्दा बढी न्यायाधीशहरूको इजलासबाट सुनुवाइ हुनेछ ।

सर्वोच्चले पुनरावलोकनका क्रममा आफ्ना कतिपय फैसला उल्टाउने गरेको छ । तर धेरैजसो भने सदर हुने गरेको पाइन्छ ।


कस्तो लाग्यो ?

यो पनि