जेठ ०६, २०८१, आइतबार
               

अपांग बालिका बलात्कार गर्ने ६३ वर्षीय बृद्ध पक्राउ

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । देशमा विभिन्न अपराधका घटना घटिरहेका बेला फेरि अपांग बालिकालाई बलात्कार गर्ने एक ६३ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिकास्थित १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक बृद्धलाई प्रहरीले समातेको हो ।

पक्राउ पर्नेमा केराबारी– ५ का ६३ वर्षीय रामकुमार लिम्बु रहेको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ती बृद्धले राम्रोसँग बोल्न नसक्ने र शरीरको एउटा पाटो नचल्ने किशोरीलाई बलात्कार गरेपछि प्रहरीले बिहीबार राति पक्राउ गरिएको हो ।

अपांग भएकी ती बालिकालाई रामकुमारले १० रुपैयाँ दिने प्रलोभन देखाएर बालत्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।  स्थानीयले दिएको जानकारीको आधारमा उनलाई प्रहरीले समातेको बताइएको छ ।

रामकुमारले ती किशोरीलाई ललाईफकाई खेतमा लगेर बिहीबार दिउँसो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पीडित किशोरीका अभिभावकले रामकुमारविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि