बैशाख २२, २०८१, शनिबार
               

भारतीय दूतावासको झण्डै पाँच करोड सहयोगमा मोरङ क्याम्पस भवन निर्माण

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय दूतावासको सहयोगमा निर्मित विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत भवन उद्घाटन गरेका हुन् । जिल्ला समन्वय समिति मोरङले कार्यान्वयन गरेको यस परियोजना भारत सरकारको ४ करोड ४३ रुपैयाँमा निर्माण सम्पन्न भएको हो । 

नेपालभर रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाई सहयोग तथा सुदृढ गर्न पहिले साना विकास परियोजनाको नामले परिचित यस परियोजनालाई भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयास अन्तर्गतअघि सारेको हो । यस प्रयास अन्तर्गतका परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायहरुलाई विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पस आदि विविध क्षेत्रमा फाइदा पुर्‍याउँदछ । सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ७ अर्ब ९८ करोड रुपैयाँ आर्थिक अनुदानमा ४ सय २२ वटा ‘एचआईसीडीपी’ निर्माण गरिसकेको छ । 

सन् १९५५ मा स्थापना भएको मोरङ क्याम्पस प्रदेश–१ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पसमध्येको एक हो । नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष रहेका छन् । यस नवनिर्मित भवनको निर्माणले स्नातक र विद्यावारिधि तहका झण्डै ७ हजार विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी सोही क्याम्पसको उत्पादन हुन् । उनी त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनमा कोषाध्यक्षसमेत निर्वाचित भएकी थिइन् । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु उपप्रधानमन्त्री, मन्त्री तथा प्राविधिक विज्ञ भएका छन् ।

नयाँ क्याम्पस भवनको उद्घाटनको अवसरमा क्याम्पस प्रमुख बाबुराम तिमिल्सिनाले नेपाल र भारतले विश्वास गर्दै आएको वसुधैव कुटुम्बकमको प्रतिबिम्बको रुपमा रहेको बताए । 

नवनिर्मित संरचनाले विद्यार्थीको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शैक्षिक पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुशी व्यक्त गरेको छ । 

यो पनि