काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गोतमले काठमाडौंका थप १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार शुक्ररबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका ५ र त्रिवि शिक्षण अस्पतालमा ५ जनामा गरी १० जनामा कोरोना पुष्टि भएको हो ।
यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९८७ जानको टेस्ट गर्दा १३३ को पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए।
नेपालमा पाँच हजार ३८३ सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।