जेठ ०६, २०८१, आइतबार
               

शनिबारबाट वीरगञ्जमा निषेधाज्ञा सुरु हुने

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । सो निषेधाज्ञा शनिबारदेखि लागू हुने बताइएको छ । सो आदेश अर्को आदेश नभएसम्मका लागि कार्यान्वयन हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

वीरगञ्जमा संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञाको माग भएपश्चात वीरगञ्जले राजनीतिक दलसँग छलफल गरी निषेधाज्ञाको घोषणा गरेको हो । 

निषेधाज्ञा सुरु भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा बाहेक सर्वसाधरणलाई घरबाहिर निस्कन नपाउने बताइएको छ । 

निषेधाज्ञा सुरु भएसँगै यहाँ अन्य जिल्ला र भारतबाट आवागमनमा पूर्ण निषेध    गरिएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकोले यस्तो निर्णय गरिएको जनाइएको छ । 

यो पनि