बैशाख १७, २०८१, सोमबार
               

विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट आर्थिक सहयोग

रासस
साउन ०९, २०७७

ADVERTISEMENT

पर्वत । टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको  सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ ।

पर्वत मोदी गाउँपालिका–१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आएका उनको  दुई वर्ष अघि भयाङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो ।  २५ वषीय गुरुङको उपचारपछि पनि हालसम्म होस खुल्न सकेको छैन ।

उपचारमा एक करोडभन्दा बढी रकम खर्च भइसकेको र हाल उपचारका लागि आर्थिक अभाव भएपछि बेलायतमा रहेका नेपाली, लौसीबोट हङकङ समाज र लौसीबोट बेलायतबाट सङ्कलित सो रकम उनकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ ।  

सहयोग रकम पर्वत घर भई हाल पोखरा १० अमरसिंहचोकमा बस्दै आएका युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसीबोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङ र लौसीबोट गाउँ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वका आमा डिलकुमारीलाई हस्तान्तरण गरे ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि