जेठ ०६, २०८१, आइतबार
               

आफूलाई मन नपराएको भन्दै २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुईजना पक्राउ

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । एसिड प्रहार प्रकरण वर्षेनी भइरहेको छ । यस्तै घटना यतिबेला फेरि दोहोरिएको छ । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ अहिले काठमाडौंको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना मोहमद  रहेको प्रहरीको भनाइ छ । मोहमद भारतीय नागरिक हुन् । उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर सहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।

दही किन्नको लागि डेराबाट बाहिर निस्केकी ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी ती युवती २२ वर्षीया पवित्रा कार्कीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । युवतीले एसिड प्रहार गर्ने व्यक्तिलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको छ ।


कस्तो लाग्यो ?

यो पनि