मंसिर ०१, २०८१, शनिबार
               

१६ लाख घुससहित भेरी अस्पतालका कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणराज खनाललाई १६ लाख  १३ हजार नाै सय ७५ रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगको कार्यालय नेपालगञ्जको टोलीले खनाललाई अस्पतालबाटै पक्राउ गरेको हो । कम्प्युटर अपरेटर भए पनि खनाल लामो समयदेखि अस्पतालको स्टोरकीपरको रुपमा काम गर्दै आएका थिए ।

अस्पतालको सामान किनेको कमिसन लिने क्रममा खनाललाई पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोग नेपालगन्जका प्रमुख गणेश गैरेले बताए ।


कस्तो लाग्यो ?

यो पनि