जेठ ०७, २०८१, सोमबार
               

सर्वोच्चबाट फैसला भएको मुद्दाको पुनरावलोकन माग गर्दै सर्वोच्चमै निवेदन दर्ता

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेअनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् । 

 रञ्जन कोइराला पत्नी हत्याको अभियोगमा पूरा अवधि जेल कटान नगरी बिहीबार रिहा भएपछि पुनरावलोकनको निवेदन दर्ता भएको हो । 

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो ।

उनले आफ्नी पत्नीको हत्या गरेका थिए । जस घटनामा पूर्व डिआइजीसँगै हाल उनकी प्रेमिका रेग्मीको पनि सहभागिता थियो । रेग्मी यसअघि नै जेल परेर छुटेकी  थिइन्  । उनीहरुले आफूहरुबीच विहे भइसकेको बताएका छन् ।

यो पनि